Projects

हिमाली जैविक विविधता र एस.डी.जी

परियोजना अपडेटहरू

समाचार 05.01.2023

दिगो विकास लक्ष्य (SDG) हासिल गर्न जैविक विविधताको योगदानको बारेमा नेपालका सम्बन्धित निकाय र सरोकारवालाहरु संग छलफल

२२ डिसेम्बर २०२२ मा, R4D का PhD विद्यार्थी बिराज अधिकारीले नेपालका नीति निर्माण कर्ता र स्थानीय सरकारका प्रतिनिधिहरू लगायत स्थानीय, प्रादेशिक र संघिय सरोकारवालाहरू संग आफ्नो PhD को अनुसन्धान मार्फत नेपालको SDG हरु हासिल गर्न जैविक विविधताको योगदानको बारे नतिजाको छलफल गरे। झापाको काँकडभिट्टामा आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य प्रकृति (जैविक विविधता र पारिस्थितिकी प्रणाली) र मानव कल्याणबीचको जटिल सम्बन्धलाई प्रकाश पार्ने र जैविक विविधताको संरक्षणलाई विकासका कार्यक्रमहरुमा समावेश गर्न प्रोत्साहित गर्ने थियो।

घटना बारे थप पढ्नुहोस् यहाँ!

समाचार 25.11.2022

अधिकारीलगायत । (२०२२) नेपाली समाचारमा

नोभेम्बर २५ २०२२ मा नेपालको दैनिक पत्रिका "हिमालयन टाइम्स" मा R4D पीएचडी विद्यार्थी बिराज अधिकारीले वैज्ञानिक जर्नलमा प्रकाशित गरेका नतिजाहरुको कवरेज भएको छ।

नेपालले आफ्नो जैविक विविधताको संरक्षण गर्नुपर्छः समृद्धि र कल्याणका लागि!

समाचार 12.09.2022

नेपाली पीएचडी विद्यार्थी बिराज अधिकारीको पहिलो प्रकाशन

सेप्टेम्बर २२ २०२२ मा, R4D पीएचडी विद्यार्थी बिराज अधिकारीले Environmental Research Letters मा आफ्नो PhD थीसिसको पहिलो अध्याय प्रकाशित गरे। "नेपालमा मानिसहरूमा प्रकृतिको योगदान र दिगो विकास लक्ष्यहरू" शीर्षकको आफ्नो लेखमा उनले NCP को अवस्था, NCP मा देखिएको परिवर्तनका कारकहरु, र नेपालको दिगो विकाशमा NCPs को भूमिका बारे प्रमाणको संश्लेषण गरेका छन्।

अधिकारीलगायत । (२०२२)!

समाचार 17.12.2021

दिगो विकास लक्ष्यको लागि हिमाली जैविक विविधताको संरक्षण बारे अन्तर्राष्ट्रिय कंग्रेस फर कन्जरभेसन वायोलोजी (ICCB) - GMBA सम्मेलन

सन् २०२१ डिसेम्बर १७ मा ३०औ अन्तर्राष्ट्रिय कंग्रेस फर कन्जरभेसन वायोलोजी मा R4D पोस्ट-डक ग्राहम प्रेस्कटको नेतृत्वमा "दिगो विकास लक्ष्य हासिल गर्न हिमाली जैविक विविधताको संरक्षण" सम्बन्धि सत्र सम्पन्न भयो। यसमा R4D का तीन PhD विद्यार्थीहरु : विराज अधिकारी (नेपाल), अडिली बुगिन्गो (तान्जानिया), र करिना मारियाका (बोलिभिया) का कामहरु को प्रस्तुति भएको थियो।

सत्र रेकर्डिङ हेर्नुहोस्!